दलित पत्रकार सङ्घको महाधिवेशन फागुन २८ मा

काठमाडाैं। राष्ट्रिय दलित पत्रकार सङ्घको प्रथम महाधिवेशन यही फागुन २८ र २९ गते रुपन्देहीको बुटवलमा हुने भएको छ।

देशभर विभिन्न सञ्चारमाध्यममा क्रियाशील दलित समुदायका पत्रकारको छाता सङ्गठन सङ्घको महाधिवेशन सफल बनाउन तीव्र तयारी भइरहेको अध्यक्ष विनोद पहाडीले जानकारी दिए।

सङ्घमा देशभरका दुई हजारभन्दा बढी दलित समुदायका पत्रकार आवद्ध छन्।