इटालियन सिरी ए : युभेन्टस् बराबरीमा रोकियो

काठमाडौं। इटालियन सिरी ए अन्तरगत शनिबार राती भएको खेलमा युभेन्टस् बराबरीमा रोकिएको छ। निकै प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा युभेन्टस् र वेरोना १–१ गोलको बराबरी खेलेका हुन्।

खेलको ४९ औं मिनेटमा युभेन्टस‍्का रोनाल्डोले गोल गरी टिमलाई अग्रता दिलाए। त्यसपछि खेलको ७७ औं मिनेटमा वेरोनाका एन्टोनिन बरकले गोल गरी टिमलाई बराबरीमा पुर्याए।

बराबरीसँगै युभेन्टस् र वेरोनाले अंग बाँडेका छन्। बराबरीसँगै युभेन्टस शीर्षस्थानको इन्टर मिलानभन्दा सात अंकले पछि पर्दै तेस्रो स्थानमा रहेको छ।