स्वरोजगार लघुवित्तको शेयरमूल्य नेप्सेमा समायोजन

सेयर बजार

काठमाडाैं।  स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयरको मूल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा समायोजन भएको छ।

संस्था १२.३९ प्रतिशत बोनस शेयर नेप्सेमा समायोजन भएको हो।

बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. १ हजार ३१५ तोकिएको छ।

कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात बिहीवार कायम अन्तिम शेयरमूल्य रू. १ हजार ४७८ को आधारमा शेयरमूल्य समायोजन भएको हो।