महिला लघुवित्तको सेयर रजिष्ट्रारको काम नेपाल एसबिआई मर्चेन्ट मार्फत

काठमाडाैं। महिला लघुवित्तको सेयर रजिष्ट्रारको काम नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग मार्फत हुने भएको छ।

यो सँगै कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु एसबिआई मर्चेन्टले गर्ने महिला लघुवित्तले जनाएको छ।

महिला लघुवित्तले केही समयअघि मात्र आइपीओ जारी गरेको थियो। यसको सेयर नेप्सेमा सूचीकृत हुन भने बाँकी रहेको छ।