आइतवार कतिमा काराेवार हुँदैछ सुन?

काठमाडौैं। आईतबार नेपाली बजारमा सुनको मूल्यमा सामन्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन आइतवार छापावाल सुन तोलामा ८८ हजार ३०० रुपैयाँमा कारोबार भएको हो।

यसअघि शुक्रवार छापावला सुन तोलामा ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै तेजावी सुन तोलामा ८७ हजार ८५० रुपैयाँमा कारोबार भएको छ।

यसैबीच आइतवार चाँदीको मूल्य पनि घटेको छ। शुक्रवार तोलामा १३३५ रुपैयाँमा कारोबार भएको चाँदी आइतवार घटेर तोलामा १३२५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।