अवहेलना सम्बन्धी लिखित जवाफ लिएर सर्वोच्च जाँदै प्रचण्ड

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सर्वोच्च अदालतको अवहेलना सम्बन्धि मुद्दामा लिखित जवाफ लिएर सर्वोच्च जाँदैछन्।

यसअघि अदालतमा विचाराधीन मुद्दाका विषयमा गरेका राजनीतिक टिप्पणीहरुलाई लिएर अधिवक्ता समिर हायुले दायर अवहेलनाको निवेदन दायर गरेका थिए।

उक्त मुद्दामा सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले आफैँ लिखित जवाफ पेस गर्न आदेश दिएको थियो । सोही आदेशअनुसार जवाफ लिएर प्रचण्ड अदालत जान लागेका हुन्।

सोही प्रकृतिको मुद्दामा यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतमा उपस्थित रहेर जवाफ दिइसकेका छन् ।