अमिताभ बच्चनको स्वास्थ्य अवस्था खराब

भारतीय फिल्मका चर्चित अभिनेता हुन् अमिताभ बच्चनको स्वास्थ्य खराब भएको छ। उनको सर्जरीको तयारी भइराखेको छ। उनको स्वास्थ्य खराब भएको स्वयं बच्चनले नै सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्।

शनिबार राति बच्चनले ब्लगमार्फत आफ्नो स्वास्थ्य बिग्रिएको र सर्जरीको तयारी भइरहेको जनाएका हुन्।

बच्चनले स्वास्थमा कस्तो समस्या आएको र केको सर्जरी गरिने भन्ने विषयमा भने कुनै जानकारी दिएका छैनन्।

 च्चनले ट्विट गर्दै ‘आवश्यकता भन्दा बढ्दै गयो, केही काटेपछि सुध्रिएला। जीवन मृत्युको भोली हो, भोली नै थाहा हुन्छ’ लेखेका छन्।