काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली झापा गएका छन्। नेपाल–चीन औद्योगिक पार्क शिलान्यास गर्न प्रधानमन्त्री ओलीले बिहान १० बजे गृह जिल्ला झापा गएका हुन्।
दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकाको संगमस्थल झर्कामा निर्माण हुने नेपाल चीनमैत्री औद्योगिक पार्क सरकारले स्थापना गर्न लागेका ६ वटा औद्योगिक क्षेत्रमध्येको सबैभन्दा ठूलो हो ।