हाम्रो पार्टीमा रघुजी पन्तहरु छैनन्ः कोमल वली

काठमाडौं। नेकपा ओली पक्षकी नेतृ कोमल वलीले आफ्नो पार्टीमा आमा दिदिबहिनीलाई सम्मान रहेको टिप्पणी गरेकी छिन्। आज दाङमा अन्य पार्टी त्यागेर नेकपामा तीन सय जना प्रवेश गरेको जनाउँदै उनले यस्तो बताएकी हुन्।

साथै दाङको विकट मानिने बंगलाचुलि गाउँपालिकामा हजारौं जनताले केपी ओलिको नेतृत्व चाहेर, मन पराएर अन्य पार्टी छोडेर करिव ३ सय नेकपामा प्रवेशको वलीले बताइन्। जनतामा उत्साह, उमंग उस्तै रहेकाले आमा दिदीबहिनिलाई सम्मान गर्ने उनले जनाइन। सार्थै उनले आफ्नो पार्टीमा रघुजी पन्तहरु नभएको दाबि गरिन।