प्रचण्डको समुहमा लागेपछि बादलले स्वकीयसचिव तामाङलाई हटाए

काठमाडौं। गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आफ्ना स्वकीयसचिव विरु तामाङलाई पदबाट हटाएका छन्। आफूसँग रहेर पनि पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वर्षमान पुनका लागि काम गरेको आरोप लगाउँदै उनले तामाङलाई पदबाट हटाएका जनाइएको छ।

उनी पूर्वमाओवादी लडाकूसमेत हुन्। गृहमन्त्री थापाको सचिवालयमा अधिकृतस्तरको नियुक्तिमा उनी सुरुवाती समयदेखि नै कार्यरत् थिए। यसअघि, संसद् विघटनको निर्णयपछि गृहमन्त्रीका प्रमुख सल्लाहकार सूर्य सुवेदीले पदबाट राजीनामा दिएका थिए।