साइबर ब्यूरोको नाममा नक्कली फेसबुक पेज खेल्ने पक्राउ

सामूहिक

काठमाडौं। प्रहरीको साइबर ब्यूरोको नाममा नक्कली फेसबुक पेज खोल्ने एक जना पक्राउ परका छन्। रुपन्देहीको सैनामैना नगरपालिका–६ घर भएका १८ वर्षीय प्रज्वल पोख्रेललाई पक्राउ गरिएको ब्यूरोका प्रवक्ता (एसएसपी) नविन्द अर्यालले बताएका छन्।

ब्यूरोको नामको फेसबुकसाइबर पेजबाट प्रज्वलले नागरिकलाई भ्रममा पारेर आपराधिक कार्य गरेको जनाइएको छ। सामाजिक सञ्जालमा ब्यूरोका प्रतिनिधि बनेर कुरा गर्दै उनले आपराधिक लाभ लिएको एसएसपी अर्यालले जानकारी दिए। फागुन १३ मा पक्रेर प्रज्वललाई विद्युतिय कारोबार ऐन–०६३ अनुसार प्रहरीले अनुसन्धान गरिरहेको छ।