विदेशमा थप ३ जना कोरोना संक्रमित नेपालीको मृत्यु

काठमाडौं। विदेशमा यो साता थप तीन जना कोरोना संक्रमित नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघका अनुसार यो साता यूएईमा दुई र पोर्चुगलमा एक जनाको संक्रमणबाट मृत्यु भएको हो। योसहित २१ देशमा कोरोना संक्रमणले निधन हुने नेपालीको सङ्ख्या ३३९ जना पुगेको छ।

गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार हिजो शनिवार साँझसम्म विभिन्न ५३ देशमा रहेका ६२ हजार ४०१ नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ६० हजार १२४ कोरोना संक्रमणमुक्त भएका छन्।

संक्रमणमुक्त हुने दर ९६ दशमलव तीन प्रतिशत रहेको गैरआवासीय नेपाली सङ्घ, ‘कोभिड–१९’ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले बताएका छन्।

अन्य सम्बन्धित समाचार:  बाँकेमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु