धादिङमा ३ यात्रुबाहक बस ठोक्किएः १३ जना घाइते, २ को अवस्था गम्भीर

धादिङ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका वडा नम्बर–७ स्थित खेस्टे खोलामा तीन वटा यात्रु बाहक बस एक आपसमा ठक्कर धादिङ

खाँदा १३ यात्रु घाइते भएका छन्। उक्त दुर्घटनामा घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहको छ।

धादिङ बेशीबाट काठमाडौं जाँदै गरेको बा ३ ख ८९०४ नम्बरको यात्रुबाहक बसलाई सुर्खेतबाट काठमाडौं जाँदै गरेको ना ५ ख ४४९१ नम्बरको यात्रु बाहक बसले उछिन्ने क्रममा काठमाडौंबाट गोर्खा जाँदै गरेको ना ५ ख ५०७० नम्बरको यात्रुबाहक बससँग ठक्कर खाँदा दुर्घटना भएको जनाइएको छ।

दघाइते भएका यात्रुहरूको स्थानीय स्वास्थ्य सेवा गल्छीमा उपचार भइरहेको र २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनीहरुलाई थप उपचारको लागि काठमाडौं पठाइएको छ।

अन्य सम्बन्धित समाचार:  सिमकोट विमानस्थल जोखिममा

दुर्घटनापछि केही बेर राजमार्ग पूर्ण रुपमा अवरुद्ध हुन पुगेको थियो। प्रहरी र स्थानीय बासीको सहयोगमा स्थानीय वर्कसपबाट क्रेन झिकाएर सवारी आवागमन सुचारु गराइएको गजुरी प्रहरीले जानकारी दिएको छ।