विप्लव पक्षसँग वार्ता भएको छिट्टै टिभीमा देख्नुहुनेछः प्रधानमन्त्री ओली

झापा। प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपा सँग छिट्टै वार्ता हुने बताएका छन्। झापाको कमल गाउँपालिकामा नेपाल–चीन मैत्री औद्योगिक पार्कको आइतवार शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

उनले भने ‘शान्ति सुरक्षाको चुनौतीको रूपमा रहेको विप्लव समस्याको पनि छिट्टै समाधान हुँदैछ । तपाईंहरूले घर बसीबसी समस्या समाधानको कार्यक्रम छिट्टै टिभीमा देख्नुहुनेछ,।  सरकारसँगको वार्ताका लागि तयार रहेको विप्लव पक्षले यसअघि नै जानकारी दिइसकेको छ।

अन्य सम्बन्धित समाचार:  मुख्यमन्त्री शाहीलाई साथ दिएका चारै एमाले सांसदलाई पदबाट हटाइँदै