देशभर थप ७८ जनामा कोरोना संक्रमण पुष्टि

देशभर

काठमाडौं। पछिल्लो २४ घण्टामा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशालामा २ हजार ५३२ जनाको नमुना परीक्षण गर्दा ३० जना महिला र ४८ जना पुरुष गरी कुल ७८ जनामा संक्रमण पुष्टि भएको हो।

यससँगै कुल संक्रमित संख्या २ लाख ७४ हजार १४३ जना पुगेको छ। उनीहरु मध्ये २ लाख ७० हजार ४०७ जना संक्रमणमुक्त भएका छन् भने कुल २७७४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  देशभर थप ५३४ जनामा कोरोना संक्रमण पुष्टि