खोलो देखाउनुस् पुल बन्छ, कच्ची बाटो देखाउने वित्तिकै पीचः प्रधानमन्त्री ओली

झापा। प्रधानमन्त्री केपी शर्मा ओलीले झापामा चीन नेपालमैत्री औद्योगिक पार्क (चाइना–नेपाल फ्रेन्ड्सिप इन्डस्ट्रियल पार्क) को शिलान्यासपछि आयोजित सभालाई सम्बोधन गर्दै आफ्नो सरकारले विकासको लहर ल्याएको बताएका छन्।

प्रधानमन्त्री केपी ओलीले झापामा आइतबार मात्रै ३१ पुलको शिलान्यास हुन लागेको जानकारी दिए। उनले नागरिकले खोलो देखाउनेवित्तिकै त्यस स्थानमा सरकारले पुल बनाउने दाबी गरे। ‘झापामा आज मात्रै पाँच पुलको उद्घाटन हुँदैछ ३१ पुलको शिलान्यास हुँदैछ । अब तपाईंहरू खोलो देखाइदिनुस्, पुल बन्छ,’ उनले भने।

नागरिकले कच्ची बाटो देखाउनेबित्तिकै सरकारले कालोपत्रे गर्ने समेत उनले बताए। त्यस्तै उनले झापाको औद्योगिक पार्कले दुई वर्षभित्र ४५ हजार व्यक्तिलाई रोजगारीको अवसर प्रदान गर्ने दाबी गरे। चिनियाँ सहयोगमा निर्माण हुने भनिएको पार्कको पूर्वाधार पाँच वर्षभित्र पूर्ण रूपमा पूरा हुने बताउँदै उक्त पार्कले सो संख्यामा रोजगारी दिन सक्ने बताएका हुन्।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओलीले शनिबार सर्वदलीय बैठक बोलाए