राजीनामा दिन्नँ, केपी ओलीलाई हटाएर देखाउनुस्: प्रधानमन्त्री ओली

झापा। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–नेपाल पक्षलाई आफूलाई अविश्वासको प्रस्तावबाट हटाएर देखाउन चुनौती दिएका छन्।

नेपाल–चीन मैत्री औद्योगिक पार्कको शिलान्यास गर्न आइतबार गृह जिल्ला झापा पुगेका ओलीले आफूलाई अविश्वासको प्रस्तावबाट हटाए आफू फेरि जनताबाट निर्वाचित हुने दाबी समेत गरेका छन्।

‘संसदीय दलको नेता केपी ओली हो। म राजीनामा दिन्नँ। तपाईंहरूले मुद्दा लडेर संसद् पुनःस्थापना भएको हो। केपी ओलीलाई हटाएर देखाउनुस् न, अविश्वासको प्रस्ताव राखेर हटाएर देखाउनुस्। पहिला पनि अविश्वासको प्रस्तावबाट हटाएको हो, हटाउन सक्नुभएछ भने म फेरि ३ करोड नेपालीबाट निर्वाचित भएर आउँछु,।

अन्य सम्बन्धित समाचार:  बागमती प्रदेशसभा बैठक बस्दै