अत्याधिक मदिरा सेवनका कारण एक जनाको मृत्यु

माेटरसाइकल

धनुषा। अत्याधिक मदिरा सेवनका कारण एक जनाको मृत्यु भएको छ। लक्ष्मीनिया गाउँपालिका ७ कुम्हरौडाका अन्दाजी ४० वर्षीय ललन महराको मृत्यु भएको हो।

आज बिहान महराको मृत अवस्थामा शव फेला परेको थियो। स्थानीयले उनलाई हिजो (शनिवार) साँझ धेरै मदिरा सेवन गरेको अवस्थामा देखेको र आइतवार मृत फेला पर्नुलाई धेरै रक्सी खाएका कारणले उनको मृत्यु भएको प्रहरीको अनुमान छ। प्रहरीका अनुसार यस विषयमा थप अनुसन्धान भइरहेको छ।

अन्य सम्बन्धित समाचार:  भक्तपुरमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु