५६ वर्ष अगाडिको मुद्दामा ७० वर्षीय वृद्ध जेल

सप्तरी। सप्तरीमा ७० वर्षीय वृद्ध ५६ वर्ष पहिलेको मुद्दामा जेल चलान भएका छन्। जिल्ला अदालत सप्तरीले आज ७० वर्षीय श्रीलाल यादवलाई डाँका र जालसाजी मुद्दामा कारागार चलान गरेको जनाइएको छ। उनीविरुद्ध जिल्ला अदालतले २०२३ साल भदौ ३ गते डाँका मुद्दामा १० वर्ष र २०२१ साल जेठ १९ गते जालसाजी मुद्दामा ६ महिना कैदको फैसला गरेको थियो।

सुरैतलाल यादवले उनीविरुद्ध डाँका र जालसाजी मुद्दा दायर गरेका थिए। श्रीलाल यादवलाई ५६ वर्षपछि प्रहरीले गत शुक्रबार पक्राउ गरेको थियो। सोही दिन प्रहरीले अदालतमा पेश गरेको थियो। आइतबार अदालतले कैद भुक्तानको लागि कारागार पठाएको जनाइएको छ।

अन्य सम्बन्धित समाचार:  मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु