बी डिभिजन लिगः खुमलटारको जीत

काठमाडौं। सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल अन्तर्गत खुमलटार युथ क्लबले साँघुरो जीत निकालेको छ। आज भएको खेलमा खुमलटारले झम्सिखेल युथ क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो।

एन्फा कम्प्लेक्स सातदोबाटोमा खुमलटारलाई जीत दिलाउन महेश राईले निर्णायक गोल गरे। महेशले खेलको तेस्रो मिनेटमा निर्णायक गोल गरेका हुन्। जीतसँगै खुमलटारले ८ खेलमा १९ अंक जोडेको छ।

खुमलटारले शीर्ष स्थानको सातदोबाटोसँग अंक बराबरी गरेको छ। शीर्ष स्थानको सातदोबाटोको ७ खेलमा १९ अंक रहेको छ। झम्सिखेल ८ खेलमा ६ अंक जोडेर दशौँ स्थानमा रहेको छ।