बेल्जियमको जेलमा कोभिड–१९ फैलिएपछि कैँदीका आफन्त प्रदर्शनमा

काठमाडौं। बेल्यिजयमको नामुर कारागारमा एक सय ३२ कैदीबन्दी र ६० कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सरकारले लकडाउनका थप उपाय अपनाउने घोषणा गरेको छ। सरकारले थुनामा रहेका कैँदीलाई सङ्क्रमणबाट सुरक्षाका लागि आवश्यक ध्यान नदिएको तथा सङ्क्रमित कैदीलाई भेट्न कारागार प्रशासनले नदिएको भन्दै उनीहरूका आफन्तहरूले कारागार क्षे त्रमा प्रदर्शन गरेका छन् ।

संक्रमितहरुलाई बाहिरी व्यक्तिसँग भेट्न दिँदा कोरोनाले उग्र रुप लिनसक्ने भन्दै जेल प्रशासनले उनीहरूलाई भेट्न नदिइएको बताएको छ । प्रधानमन्त्री अलेक्डेन्डर डी क्रोओले कारागारमा देखिएको सङ्क्रमणले देश नै कोरोनाको संकटमा परेको संकेत गर्दै लकडाउनको थप उपायहरु अपनाउने बताएका छन्।

महामारी नियन्त्रणका लागि प्रयाप्त सतर्कता अपनाइरहेका समय सङ्क्रमण फैलिएको र यसलाई नियन्त्रणमा ल्याउनका लागि थप कदम चाल्ने  उनले बताए।

अन्य सम्बन्धित समाचार:  अमेरिकाको इन्डियानापोलिसमा गोली चल्यो, कम्तीमा आठ जनाको मृत्यु

बेल्जियममा हालसम्म पनि रात्रिकालीन लकडाउन जारी छ। बेल्जियममा आइतबारसम्म ७ लाख ६६ हजार ६ सय बढी कोरोना संक्रमित छन् भने २२ हजारको मृत्यु भइसकेको छ।