काठमाडौं। सरकारले कोभिड १९ विरुद्धको दोस्रो चरणको पहिलो खोप संघीय संसदका सांसदहरुलाई दिने निर्णय गरेको छ।
२३ गतेदेखि ५५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप दिने तालिका भए पनि सांसदहरुलाई १९ गतेदेखि नै खोप दिइने भएको हो।
१९ गतेदेखि खोप लागाउनेमा राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्य तथा संसद सचिवालयका कर्मचारी र मर्यादापालक गरि जम्मा १ हजार ५ सय जनाको सूची तयार पारिएको छ।
उनीहरुलाई काठमाडौंको सिभिल हस्पिटलबाट ३ दिनभित्रमा खोप दिइसक्ने स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ।