प्रवीण बाँस्तोला प्रकरणः घरधनी गिरि पक्राउ

मोरङ। जिल्लाको उर्लाबारीका प्रवीण बाँस्तोलाको रहस्यमय मृत्यु प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले घरधनी रमेश गिरिलाई उर्लाबारीबाट पक्राउ गरेको हो।

मृत्यु भएको रात उर्लाबारी नगरपालिका–६ का रमेश गिरिको घरमा रहेको साथीको डेरामा प्रवीण ​सुतेको प्रहरीले जनाएको छ।

उर्लाबारी–५ घर भएका प्रवीणको हत्या आरोपी गिरिलाई आइतबार पक्राउ गरिएको मोरङका प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्काले जानकारी दिए।

बाँस्तोलाको गत पुस ५ गते मृत्यु भएको थियो । तर, उनको मृत्यु नभइ हत्या भएको दावीसहित बहिनी सदिक्षा बाँस्तोलासहितले आन्दोलन चर्काएपछि प्रहरीले गम्भीर अनुसन्धान थालेको थियो।