बाबुराम भट्टराईलाई क्यान्सर नभएको पुष्टि

नयाँ दिल्ली। जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई न्युरो(इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको पुष्टि भएको छ।

वायोप्सी, डीओटीए एनओसी परीक्षण, इन्डोस्कोपिक अल्ट्रासाउण्ड (ईयूएस), पीईटी सिटीस्कानसहित अन्य परिक्षणपछि चिकित्सकहरुले ट्युमरमा क्यान्सर नभएको प्रमाणित भएको बताएका छन्।

देखिएको ट्युमरलाई भने बेलैमा नै ढिला नगरी दुईरतीन महिनाभित्रै शल्यक्रियाद्वारा फाल्नुपर्ने पनि चिकित्सकको सुझाव रहेको छ।

यदि बेलैमा शल्यक्रिया नभएमा भने क्यान्सरको खतरा पनि हुनसक्ने कुरामा चिकित्सकले सोमबार भएको परामर्शमा सचेत गराएका छन्।

पूर्वप्रधानमन्त्री भट्टराईको फेब्रुअरी २२ बाट भारतको दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा स्वास्थ्य परीक्षण भइरहेको थियो। उनले प्रोफेसर डा विक्रम भाटियासँग परामर्श लिएका थिए।

अध्यक्ष भट्टराई फागुन १८ गते (मंगलबार) नेपाल वायुसेवाको जहाजबाट नेपाल फर्कने उनका सहयोगी विश्वदीप पाण्डेले जानकारी दिएका छन्।