काठमाडौं। नेकपाको प्रचण्ड–माधव पक्षले केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ। यही फागुन १९ गते दिउँसो १ बजेका लागि बैठक बोलाइएको केन्द्रीय सदस्य विष्णु रिजालले बताएका छन्। बैठक पार्टी कार्यालय कोटेश्वर, पेरिसडाँडामा बस्नेछ।
सोमबार बिहान बसेको सचिवालय बैठकले केही दिनमा नै स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बस्ने निर्णय गरेको थियो।