विप्लव पक्षका नेता ओली पक्षमा प्रवेश

पोखरा। नेकपा (विप्लव) पक्षका नेता बाबुलाल शाक्य नेकपाको केपी ओली पक्षमा प्रवेश गरेका छन्। विप्लव पक्षका विशेष जिल्ला कमिटी सदस्य समेत रहेका शाक्य नेकपा ओली समूहको पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय भेलाका क्रममा पार्टी प्रवेश गरेका हुन्। सो क्रममा सम्बोधन गर्दै उनले आनेकपा (विप्लव) पक्षका नेता बाबुलाल शाक्य नेकपाको केपी ओली पक्षमा प्रवेश गरेका छन्।फू पार्टी प्रवेश गरेको भन्दा पनि मुल घरमा आएको अनुभूति भएको जानकारी दिए।

सो क्रममा विप्लवका अन्य कार्यकर्ताका साथै काँग्रेस र जनता समाजवादी पार्टी परित्याग गरेर दर्जनौं नेता कार्यकर्ता पनि ओली समूहमा प्रवेश गरेका थिए। नवप्रवेशीलाई गृहमन्त्री रामबहादुर थापा लगायतले अबिर र माला लगाएर स्वागत गरेका थिए।