ममाथि हमला हुन सक्छ, ज्यान तलमाथि भएपनि अनौठो नमान्नु होलाः प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि शारीरिक आक्रमण हुन सक्ने दाबी गरेका छन्। आज पोखरामा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूमाथि ज्यान मार्नेसम्मको प्रयास भएको जनाएका हुन्।

ओलीले भन, ‘ममाथि कसैले शारीरिक हमला गरे वा मेरो ज्यान तलमाथि भयो भने अनौठो नमान्नु होला’ तर, त्यस्तो हुन दिइने छैन। म नभएपनि देश अघि बढ्छ। मेरो पार्टी रहन्छ।’

देशको भविष्य र पार्टी तलमाथि पार्न दिन नहुने भन्दै उनले कार्यकर्तालाई प्रतिगामीविरुद्ध नझुक्न आग्रह गरेका छन्।। यो तीन वर्षमा कति विकास भएको र कति फरक परेको जनताले थाहा पाएको उनको दाबी छ।  देश विकासको बाटोमा तीव्र गतिमा अघि बढेकाले आफूमाथि आक्रमण हुन सक्ने उनको भनाइ छ।