पशुपति आर्यघाटमा दाह संस्कारका लागि दाउरा किन्नु पर्दैनः वनमन्त्री आले

काठमाडौं। वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले पशुपति आर्यघाटमा दाह संस्कारका लागि दाउरा किन्नुपर्ने अवस्थाको अन्त्य गर्ने जानकारी दिएका छन्। सोमबार राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको गोष्ठीको उद्घाटन समारोहमा बोल्दै वन मन्त्री आलेले वन तथा वातावरण मन्त्रालयले निःशुल्क दाउरा उपलब्ध गराउने जनाए।

यसका लागि मन्त्रालयले गृहकार्यअगाडि बढाएको र यसैपल्ट लागु गरिने उनको भनाइ छ। उनले भने, ‘पशुपति आर्यघाटमा १२र१५ हजार तिरेर दाह संस्कार गर्न दाउरा किन्नुपर्ने अवस्थाको अन्त्य गरिनुपर्छ। निःशुल्क गर्नुपर्छ भनेर मन्त्रालयले गृहकार्यअगाडि बढाएको छ। यसैपल्ट यो लागु गर्दैछौँ।’