बोराभित्र युवतीको शव फेला

गुल्मी। गुल्मीमा एक युवतीको शव फेला परेको छ। जिल्लाको रेसुङ्गा नगरपालिका–३ स्थित भाडगाउँमा आज बिहान युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताए। उनका अनुसार शवको पहिचान खुल्न सकेको छैन्।

सोही गाउँमा गत माघ २९ गते रातिदेखि २१ वर्षीया सम्झना बोहरा बेपत्ता भएकी थिइन्। भेटिएको शव उनकै हुनसक्ने प्रहरीले अनुमान गरेको छ। स्थनीय लालबहादुर खत्रीले घाँस काटने क्रममा शवको गन्ध आएको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए। बारीको कुनामा टाउको बोरामा राखेर स्याउला र ढुंगाले ढाकेको अवस्थामा युवतीको शव फेला परेको डीएसपी पाण्डेले जानकारी दिए। शव भएको स्थानमा प्रहरीले घेराबन्दी गरेको छ।

सम्झनाको माइती पक्ष घटनास्थलमा अझै नपुगेकोले शवको पहिचान भने हुन सकेको छैन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सम्झना बेपत्ता भएको दुई दिनपछि फागुन २ गते सासू तोमकली खत्री घर नजिकै खनियाको रुखमा झुन्डिएको अवस्थामा फेला परेकी जनाइएको छ।