देशभर थप ७३ जनामा कोरोना संक्रमण पुष्टि

देशभर

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो संगै हालसम्म २ लाख ७४ हजार २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार आज देशभर ६४ जना कोरोना संक्रमित निको भएका छन् भने हाल देशभर ९६८ जना सक्रिय कोरोना संक्रमित रहेका छन्। त्यसैगरी आज देशभर ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने हालसम्म देशभर २ हजार ७७७ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।