काठमाडौं। नेपालको लागि एक्स्कर्स हेभी इक्यूप्मेन्टको आधिकारिक बिक्रेता आइएमई अटोमोटिभ्सले नयाँ डिजी म्याक्स थ्रीइ ब्याक्हो लोडर नेपाली बजारमा ल्याएको छ। कम्पनिका अनुसार उक्त मेसिन अत्याधिक कार्य क्षमता सहित डिजाईन अरुभन्दा फरक रहेको छ। अपरेटरलाई काम गर्न सजिलो होस् भनेर ठूलो क्याबिन बनाएर फ्युल इफिसेन्सीमा समेत विशेषध्यान दिइएको जनाइएको छ।
रात्रीकालीन समयमा काम गर्न सजिलो होस् भन्ने उद्देश्यका साथ मेसिनको लाइटिङ सिस्टममा पावरफुल तथा ठूलो साइजका लीड लाइटहरु प्रयोग गरिएको छ। अपरेटर कम्फर्टलाई ध्यानमा राखी आरामदायी सिट र राम्रो भेन्टिलेसन सिस्टम जडान समेत गरिएको छ।
अगाडी र पछाडी दुबै तिर क्याबिनको झयाल खोल्न सकिनेछ। जसले गर्दा अपरेटरलाई मेसिन चलाउँदा भिजिबिलिटी राम्रो हुनेछ। स्टेरिङ चलाउँदा सजिलो होस् भनेर आफ्नो इच्छा अनुसार एडजस्ट पनि गर्न सकिने पावर स्टेरिङ दिइएको छ।
सहजै मेसिन संचालन गर्नलाई स्विच साथै इन्सट्रुमेन्ट बोर्डहरुमा लाइटिङ्गको व्यवस्था गरिएको छ। टुल्सहरु राख्न एक्स्ट्रा स्पेसको प्रावधान रहेको छ। यो मेसिन बजारमा उपलब्ध मसिनहरु भन्दा अत्याधुनिक तथा युजर फ्रेण्डल्ली भएको कम्पनीका बिजनेस हेड कुलदीप घिमिरेले जानकारी दिए।