सेनिटाइजर सेवनका कारण २ जनाको मृत्यु

काठमाडौं। सेनिटाइजर सेवनका कारण एकैदिन दुईजनाको मृत्यु भएको छ। विराटनगरको कोसी अस्पतालमा उपचारका क्रममा एक पुरुष र एक महिलाको मृत्यु भएको जनाइएको छ। श्रीमतीसँग विवाद हुँदा सेनिटाइजर सेवन गरेका मोरङको जहदा गाउँपालिका–४ का ६० वर्षीय दिनेश मण्डलको सोमबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

यसैगरी झापाको शिवसताक्षी नगरपालिका–४ घर भई विराटनगर महानगरपालिका–१७ रघुपति लाइन क्वार्टरमा बस्दै आएकी ६५ वर्षीया अम्बिका गिरीको पनि मृत्यु भएको छ। प्रहरीका अनुसार गिरीले मदिरा भनेर सेनिटाइजर सेवन गरेकी थिइन्।