चीनले नेपाललाई अनुदानमा दिने खोपको मात्रा थप्यो

काठमाडौं। चीनले नेपाललाई अनुदानमा दिने कोरोना भाइरस विरुद्धको खोपको मात्रा थपेको छ। नेपालका लागि चिनियाँ राजदूतले सोमबार ट्वीट गर्दै नेपाललाई दिने खोपको मात्रा बढाएर आठ लाख पु¥याएको जानकारी दिएकी छन्।

यसभन्दा अघि चीनले ५ लाख डोज कोरोना खोप अनुदान दिने घोषणा गरेको थियो। चिनियाँ कम्पनी सिनोफर्मले उत्पादन गरेको खोप अनुदानमा दिने भएको हो। सो खोपले नेपालमा आपतकालीन प्रयोगको अनुमति पाइसकेकोे छ।

अन्य सम्बन्धित समाचार:  चितवनमा कोरोना सङ्क्रमित पुरुषको मृत्यु