कञ्चनपुरमा बसको ठक्करबाट दुई जनाको मृत्यु

कञ्चनपुर। कञ्चनपुरमा बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। धनगढीबाट महेन्द्रनगरतर्फ छुटेको ना४ख १६६४ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको म३प १४८० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको घटनास्थलमै मृत्यु भएको जनाइएको छ।

प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरमा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले मोटरसाइकलमा सवार भीमदत्त नगरपालिकाका १४ का २४ वर्षीय दिनेश दमाई र कृष्णपुर नगरपालिकाका २ वाणीका २० वर्षीय प्रकाश दमाईको मृत्यु भएको जानकारी दिए। ठक्कर दिने बस चालकलाई नियन्त्रणमा लिइएको जनाइएको छ।