एभर्टनको शीर्ष चारको सम्भावना जीवितै

इङ्लिस प्रिमियर लिगमा सोमबार एभर्टनले शीर्ष चारमा आफ्नो सम्भावनालाई जीवितै राखेको छ। यसका लागि उसले साउथह्याम्पटनलाई घरेलु मैदानमा १–० ले हरायो।

टोलीका तर्फबाट रिचार्लिसनले खेलका एक मात्र गोल गरे। यो जितपछि एभर्टन २५ खेलबाट ४३ अंकसहित छैटौं स्थानमा छ। लिभरपुल समान अंकसाथ पाँचौं स्थानमा छ तर उसले एक खेल बढी खेलेको छ।

एभर्टनले बिहीबार वेस्ट ब्रुमको सामना गर्दै छ। त्यसमा जित निकाल्न सफल रहे टोली लिभरपुललाई उछिनेर चौथो स्थानमा प्रवेश गर्न सक्नेछ।