बाबुराम भट्टराई स्वदेश फर्किँदै

काठमाडौं। पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई आज फर्किने भएका छन्।

स्वास्थ्य उपचारका लागि भारतको नयाँ दिल्ली गएका भट्टराई स्वास्थ्य परीक्षण पूरा भएपछि पूर्वप्रधानमन्त्री आज नेपाल वायु सेवा निगमको विमानमार्फत नेपाल फर्किन थालेको उनको सचिवालयले जनाएको छ । भट्टराईको यही फागुन ९ गते नयाँ दिल्ली गएका थिए ।

न्युरो-इन्डोक्राइनको ट्युमरमा क्यानसर भएको आशङ्कामा परीक्षणका लागि नयाँ दिल्ली पुगेका भट्टराईले त्यहाँस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा स्वास्थ्य परीक्षण गराएका थिए।

बायोप्सी परीक्षणपछि चिकित्सकहरुले क्यान्सर नभएको निष्कर्ष निकालेका छन्। तर, दुईरतीन महिनामै ट्युमरलाई शल्यक्रिया गरी फाल्न चिकित्सकले सुझाव दिएका छन्।

अन्य सम्बन्धित समाचार:  कोभिड–१९ विरुद्धको लडाइँमा सकारात्मक सहयोग आवश्यक: उपप्रधानमन्त्री