राष्ट्र बैंकले आज १० अर्बको विकास ऋणपत्र बिक्री खुला गर्ने

काठमाडौं। नेपाल राष्ट्रले ८ वर्ष अवधिको विकास ऋणपत्रको बिक्री खुला आज गर्ने भएको छ। बैंकको बैंकको सार्वजनिक ऋण व्यवस्थापन विभागले १० अर्ब बराबरको ‘विकास ऋणपत्र २०८५ ङ’ बिक्री खुला गर्ने भएको हो।

ऋणपत्रको व्याजदर पनि बोलकबोलको माध्यमबाट नै निर्धारण हुनेछ बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपालीले खरिद गर्नसक्ने व्यवस्था गरिएको हो।

यो ऋणपत्र धितो राखी कर्जा लिन वा दिन पाइने छ। साथै राष्ट्र बैंकले सो ऋणपत्र धितोपत्रको दोस्रो बजारमा कारोबारका लागी नेपाल स्टक एक्सचेन्जमा सूचीकृत गर्ने जनाएको छ।

विवरणअनुसार प्रतिस्पर्धीलाई आठ अर्ब ५० करोड र अप्रतिस्पर्धीलाई एक अर्ब ५० करोड छुट्याइएको छ । घटीमा ५० हजार र बढीमा कूल निष्काशित रकमको सीमा नबढाई ५० हजारले भाग गर्दा निषेध भाग जाने अङ्कमा खरिद गर्न पाउनेछन्।

अन्य सम्बन्धित समाचार:  कोरोना खोपः दोस्रो डोज लगाउने मिति र स्थान सार्वजानिक

केन्द्रीय बैंकले मङ्गलबार अपराह्न ३ बजे उक्त ऋणपत्र बोलकबोल हुने जनाएको छ।