व्यास नगरपालिकाको मुख्यचोकमा रहेको होटलमा आगलागी

तनहुँ। तनहुँको व्यास नगरपालिका–४ स्थित मुख्यचोकमा रहेको होटल सःस इनमा मंगलबार बिहान आगलागी भएको छ।  राति २ बजेबाट  बजेबाट सुरु भएको आगलागीबाट होटलका अधिकांश भागमा क्षति पुगेको छ।

होटल नजिकै रहेको तरकारी लाइन नजिकैको ट्रान्समिटर पड्किएर उक्त होटलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

घटनालगत्तै व्यास नगरपालिकाको दमकल, नेपाल प्रहरी, स्थानीयवासीको सहयोगमा आगो निभाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए।

आगलागी हुँदा केही व्यक्ति होटलमा नै थिए। उनीहरुलाई घरको घतबाट उद्धार गरिएको थियो।

आगलागीबाट करिब ४० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।