उर्लाबारी घटनाः मृतक भनेर फरक व्यक्तिको फोटो राखिएको पुष्टि

मोरङ। मोरङको उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रवीण बास्तोला मृत्यु प्रकरणको अनुसन्धान फाइलमा मृतकको भनेर फरक व्यक्तिको फोटो राखिएको पुष्टि भएको छ।

मृतक भनेर फरक व्यक्तिको फोटो राखिएको आरोप लागेपछि जिल्ला प्रहरी कार्यालय मोरङले डिएसपी मानबहादुर राईको संयोजकत्वमा छानबिन समिति बनाएको थियो।

समितिले सोमबार प्रतिवेदन बुझाएको छ। छानबिनका क्रममा मृतकका तीन वटा फोटामध्ये एउटा फोटो अर्कै भएको पाइएको मोरङका एसपी सन्तोष खड्काले बताए।