तोलामा एक हजार सात सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं। मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। आज छापावाला सुनको मूल्य तोलामा एक हजार सात सय रुपैयाँले घटेर ८७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै सोमवार ८८ हजार दुई सय ५० रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य पनि आज तोलामा एक हजार सात सय रुपैयाँले नै घटेको छ। तेजाबी सुन प्रतितोला ८६ हजार पाँच सय ५० रुपैयाँमा कारोबार भइरहेको छ

आज चाँदीको मूल्य तोलामा ४० रुपैयाँले घटेर १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  सुनको मूल्य घट्यो