सरकारसँग वार्ता गर्न विप्लव पक्षबाट प्रकाण्डको नेतृत्व

काठमाडौं। सरकारसँग वार्ताको नेतृत्व नेत्रविक्रम चन्द विप्लव पक्षका नेकपाका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले गर्नेछन्। सरकार वार्ताका लागि तयार भएको अवस्थामा प्रकाण्डको नेतृत्वमा विप्लव नेकपा वार्तामा बस्ने भएको जनाइएको छ।

उक्त पक्षका एक नेताले भने, एक नेताले भनसरकारले वार्ताको वातावरण साँच्चिकै बनाएमा हाम्रोतर्फबाट प्रकाण्डले वार्ता टोलीको नेतृत्व गर्नुहुनेछु, तर हाम्रा तीन शर्त प्रतिबन्ध फुकुवा, वार्ताको औपचारिक पत्र र नेता कार्यकर्ता रिहा हुनुपर्छ। सरकारले आजै मात्र विप्लव समूहमाथि २ वर्षअगाडि लगाएको प्रतिबन्ध फुकुवा गर्ने योजना रहेको जनाइएको छ।