नेप्से ५९.७० अंकले घट्यो

काठमाडौं। सोमबार ४० अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार पुनस् ५९.७० अंकले घटेर २४५५.३३ बिन्दुमा कायम भएको छ।

पछिल्लो समय बढेर २६४१ बिन्दुसम्म पुगेको परिसूचक हाल फेरि ओरालो लागेर १ महिना अघिकै अवस्थामा पुगेको छ। आज २०८ वटा कम्पनीको १ करोड ३१ लाख ६ हजार कित्ता सेयर ६४ हजार ७८७ पटक खरिद बिक्री हुँदा ६ अर्ब ११ करोड ९६ लाख ३८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

सोमबार साल्ट ट्रेडिङ कर्पोरेसन र चन्द्रागिरी हिल्समा लगानीकर्ताको चाप देखिँदा आज व्यापार र होटल तथा पर्यटन समूह बढेको छ भने अरु सबै समूहको उपसूचक रातो देखिएको छ।

अन्य सम्बन्धित समाचार:  सेयर बजारमा ऐतिहासिक रेकर्ड

साल्ट ट्रेडिङ र चन्द्रागिरी हिल्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। जसकारण व्यापार समूह २७८।४९ र होटल तथा टुरिजम समूह १६.८६ अंकले बढेको छ।

सबैभन्दा धेरै घट्नेमा भने जीवन बिमा समूहको उपसूचक ५१९.६७ अंकले घटेको छ। त्यस्तै बैंकिङ, विकास बैंक, जलविद्युत, वित्त र निर्जीवन बिमा समूह क्रमशः ४५.५५, ६०.६५, ४०.९९, २२.८५ र ३४३.५७ अंकले घटेको छ।

उत्पादन समूह १५०.४८, लघुवित्त समूह ११२.०८, लगानी समूह १.९१ र अन्य समूह ४३.२३ अंकले घटेको छ। कारोबार भएको सेयर संख्याको आधारमा आज सबैभन्दा धेरै एसियन लाइफ इन्स्योरेन्सको २८ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आज सबैभन्दा धेरै साल्ट ट्रेडिङ कर्पोरेसन र चन्द्रागिरी हिल्सका लगानीकर्ताले कमाएका छन भने सबैभन्दा धेरै गुमाउनेमा नेपाल हाइड्रो डेभलपर्स लिमिटेडका लगानीकर्ता रहेका छन।

अन्य सम्बन्धित समाचार:  सुनको मूल्य बढ्यो, तोलाको कति?