डा. केसीलाई ओलीको कटाक्ष–मेडिकल कलेज बन्छ भनेर कोही अनसन बस्छन्

झापा। चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीलाई मध्यनजार गर्र्दैै प्रधानमन्त्री केपी शर्मा ओलीले अरु कसैको इशारामा अनशन बसेको आरोप लगाएका छन्। मंगलवार झापास्थित पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो आरोप लगाएका हुन्।

“आलोचना गर्ने गर्दै गर्छन् तर हामी काम गर्छौं। नदेख्न खोजेपछि केही लाग्दैन। यहाँ मेडिकल कलेज बन्छ भनेर कोही अनसन बस्छन् र कसैलाई बसाउन लगाइन्छ,” प्रधानमन्त्री ओलीले भने।

मापदण्ड नपुगेको भन्दै लामो समयदेखि सम्बन्धन दिने प्रस्तावको विरोध हुँदै आएको दुर्गा प्रसाईको बीएण्डसी मेडिकल कलेजको क्यान्सर अस्पताललाई प्रधानमन्त्री स्वयंले सम्बन्धन दिने बचन समेत दिएका छन्।

अन्य सम्बन्धित समाचार:  चार देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत