बैतडीमा तीन महिने छोराको कुटपिटपछि हत्या

बैतडी। तीन महिने छोराको हत्या गरेको अभियोगमा पञ्चेश्वर गाउँपालिका–५ खनाडीका ४० वर्षीय राजबहादुर चन्द पक्राउ परेका छन्। छोरा लक्ष्मण चन्दको हत्या गरेको अभियोगमा उनलाई मंगलबार प्रहरीले पक्राउ गरिएको जनाइएको छ।

राजले आफ्नै घरमा लछारपछार गरी कुटपिट गर्दा घटनास्थलमै बालकको मृत्यु भएको हो। उनले आफ्ना बुबा ७० वर्षीय मन्धिरलाई समेत कुटपिट गरी घाइते बनाएको प्रहरीले जनाएइको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार कुटपिटबाट घाइते भएका मन्धिरको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।