वार्ता समिति गठन सकारात्मकः कांग्रेस

काठमाडौं। सरकार र नेत्रविक्रम चन्द विप्लव पक्षले वार्तामार्फत समस्या समाधान गर्नका लागि छुट्टाछुट्टै वार्ता समिति गठन गर्नुलाई नेपाली कांग्रेसले सकारात्मक भनेको छ।

सबै समस्याको समाधान वार्ता, सम्वादबाट गर्नु पर्ने मान्यतामा कांग्रेस दृढ रहेको भन्दै दुवै पक्षलाई इमान्दारपूर्वक वार्ताबाट समाधानमा पुग्न आग्रह समेत गरेको छ। कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सरकार र विप्लव समूहले इमान्दारीपूर्वक बहुलवादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक, संसदीय शासन प्रणालीको परिधिभित्र रही समाधान खोज्ने छन् भन्ने नेपाली कांग्रेसले विश्वास लिएको छ।’

अन्य सम्बन्धित समाचार:  बागमती प्रदेशसभा बैठक बस्दै