सर्वोच्चको फैसलाले प्रचण्ड–माधव समुह संकटमाः महेश बस्नेत

काठमाडौं। नेकपा ओली पक्षका नेता महेश बस्नेतले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने सर्वोच्च अदालतको फैसलाले प्रचण्ड–माधव समुह संकटमा परेको बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै नेता बस्नेतले सर्वोच्च अदालतको फैसलाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदच्यूत गर्न चाहने प्रचण्ड–माधव समुह नै संकटमा परेको जिकिर गरेका हुन्। ‘प्रधानमन्त्री केपी शर्मा ओलीलाई संकट हुन्छ भनेर अनुमान गरिएको फैसलाले संकट उहाँलाई होइन, उहाँलाई पदच्यूत गर्न चाहने प्रचण्ड कमरेड र माधव कमरेडहरुको टिमलाई परेको म देख्छु,’ उनले भने, ‘किनभने उहाँहरुसँग फ्रन्ट गियर भन्दापनि ब्याक गियर लगाउनुपर्ने स्थिति छ। अब भोलिका दिनमा परिस्थिति उहाँहरुको निमित्त झन् असहजतातर्फ गइरहेको छ।’

अन्य सम्बन्धित समाचार:  मुख्यमन्त्री शाहीलाई साथ दिएका चारै एमाले सांसदलाई पदबाट हटाइँदै