अपहरणमा परेका सबै नाइजेरियाली विद्यार्थी अपहरण मुक्त

काठमाडौं। नाइजेरियामा शुक्रबार एक आवासीय विद्यालयबाट अपहरणमा परेका सबै विद्यार्थीहरू अपहरणमुक्त भएका नाइजेरियाको प्रशासनले बताएको छ।

जाम्फारा राज्यका गभर्नर बेल्लो मातावालीले भने, “सरकारले राज्यको याङ्गेवी शहरमा रहेको एक आवासीय विद्यालयबाट शुक्रबार अपहरणमा परेका सबै विद्यार्थीलाई स्थानीय समय अनुसार मङ्गलबार बिहानै सकुशल अपहरणमुक्त गराई विद्यालयमा फर्काएको छ।”

विद्यार्थीहरूको रिहाईका लागि खट्ने सुरक्षा प्रशासन, सरकारी तथा गैर सरकारी अधिकारी तथा स्थानीय बासिन्दाप्रति सरकारले कृतज्ञता प्रकट गर्न चाहन्छ।

गभर्नरका अनुसार अपहरित २७९ विद्याथीलार्ई अपहरणकारीको नियन्त्रणबाट मुक्त गरी विद्यालय फिर्ता गरिएको छ। छिट्टै उनीहरूलाई आ–आफ्ना अविभावकको जिम्मा लगाइने उनले बताए।

यस अघि नाइजेरियाली सञ्चारमाध्यमले दिएको जानकारीमा ३१७ जना सशस्त्र समूहको अपहरणमा परेको स्थानीय अधिकारीहरूलाई उद्धृत गरी जनाएका थिए।

अन्य सम्बन्धित समाचार:  अमेरिकाले सेप्टेम्बर ११ अगावै अफगानिस्तानबाट आफ्ना सेना फिर्ता गर्ने