काठमाडौं। जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीतिक सहमति गरेर चुनावी सरकार बनाउन प्रस्ताव गरेका छन्।
१० दिनसम्म भारतको नयाँ दिल्लीमा स्वास्थ्य उपचार गरेर फर्किएपछि मंगलबार उनले यस्तो प्रस्ताव गरेका हुन्। उनले आफ्नो ट्वीटमा लेखेका छन्, ‘दश दिनको प्रवासपछि स्वदेश फर्कंदा आफ्नोभन्दा देशको स्वास्थ्यले गम्भीर बनायो। यसो गरौं न, अहिलेको समस्याको जरो ०६५र६६पछि भत्केको राजनीतिक सहमति हो। बाटो बिराए पुरानै ठाउँमा फर्कनु भने झैं एक पटक फर्गिभ एण्ड फरगेटको स्पिरिटमा राजनीतिक सहमति गरेर चुनावी सरकार निर्माणसँगै यी काम गरौं।’
दश दिनको प्रवासपछि स्वदेश फर्कदा आफ्नोभन्दा देशको स्वास्थ्यले गम्भीर बनायो।यसो गरौं न: १.ऐलेको समस्याको जरो०६५/६६पछि भत्केको राजनीतिक सहमति हो! बाटो बिराए पुरानै ठाउॅमा फर्कनू भने झैं एक पटक Forgive&Forgetको स्पिरिटमा राजनीतिक सहमति गरेर चुनावी सरकार निर्माणसंगै यी काम गरौं:..२
— Baburam Bhattarai (@brb1954) March 2, 2021