पूर्वमन्त्री बाँस्कोटालाई पितृशोक

काभे्रपलाञ्चोक। पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य गोकुलप्रसाद बाँस्कोटालाई पितृशोक परेको छ।

बाँस्कोटाको पिता ९४ वर्षीय हरिप्रसाद बाँस्कोटाको आज अपराह्न काभ्रेपलाञ्चोकको मन्डनदेउपुर नगरपालिका–४ चैनपुरस्थित निवासमा निधन भएको हो। मृतकको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलि दिन नेकपाका केन्द्रीय सदस्यलगायत जिल्लाका नेता कार्यकर्ता निवासस्थान पुगेका छन्। पूर्वमन्त्री बाँस्कोटा चार दाजुभाइमध्ये कान्छो हुन।

अन्य सम्बन्धित समाचार:  केपी ओलीलाई धुलो चटाउँछौँः सांसद थापा