सभामुख सापकोटालगायत सांसदहरुले आजबाट कोरोना विरुद्दको खोप लगाउने

काठमाडौं। प्रतिनिधिसभाका सभामुख सापकोटा दसहि सांसदहरुले आजदेखि कोरोनाभाइरस बिरुद्दको खोप लगाउयने भएका छन्।

सभामुख सापकोटाले बुधबार बिहान १० बजे सिभिल अस्पताल नयाँ बानेश्वरमा पुगेर कोरोना विरुद्धको खोप लगाउने सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए।

बुधबार र बिहीबार प्रतिनिधिसभाका सांसदहरु, मर्यादापालक, सुरक्षाकर्मी, संसद सचिवालयका कर्मचारीलगायत सम्पूर्णले खोप लगाउने संसद सचिवालयले जनाएको छ।

बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा कोरोना खोप लगाउने कार्यक्रम रहेको संघीय संसद सचिवालयले जनाएको छ।

विघटित प्रतिनिधिसभा पुनस्स्थापना भएको सर्वोच्च अदालतले निर्णय गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आउँदो २३ गतेका लागि संसद अधिवेशन आह्वान गरेकी छन्। लगाउनुपर्ने व्यवस्था सचिवालयले गरेको छ। सो अन्तर्गत बुधबारबाट खोप अभियान सुरु भएको हो।